राजेश हमाल महानायक हुन् वा हैनन् ? भन्नेमा कलाकारका तर्क आआफ्नै छन् । कलाकार दीप श्री निरौलाले हमाल महानायक नभएको भन्दै एक टेलिभिजन कार्यक्रममा बोलेपछि सीने क्षेत्रमा महानायक बहस चल्न थाल्यो । केहि दिन अघि पनि पुराना स्टार कलाकार शिब श्रेष्ठ र भुवन श्रेष्ठले हमाललाई महानायक मानेनन् । उनिहरुको यो तर्कको दर्शकका तर्फबाट चर्को आलोचना भयो । तर हमाललाई महानायक एकथरी कलाकारको समुह एकातर्फ छ भने अर्को तर्फ हमालनै महानायक भनेर दाबी गर्ने कलाकारको समुह पनि छ ।
महानायक बिबाद चलिरहेकै समयमा उनै हमालको फोटो समेत कार्यक्रमको प्रमुख अतिथी बन्यो । एक चलचित्रको ट्रेलर सार्वजनिक गर्न आयोजित एक कार्यक्रममा हमालको तस्बिर एउटा कुर्सीमा राखेर प्रमुख अतिथी घोषणा गरियो । निर्देशक शोभित बस्नेतले उक्त कार्यक्रममा हमाललाई महानायक मान्दै उनको तस्बिरलाई प्रमुख अतिथी बनाएका हुन् । त्यसोत, बस्नेतले नै केहि दिन अघि हमाल महानायक नभएको बताएका थिए । हमाललाई महानायक नभएको भनेर बस्नेतले प्रतिकृया दिएपछि उनको चर्को आलोचना भएको थियो । फलतः बस्नेतले आँफूले गल्ती गरेको र महानायक हमालनै भएको भन्दै कार्यक्रममा हमालको तस्बिरलाई प्रमुख अतिथी बनाएका थिए ।
