नेपाली चलचित्रमा काम गरेवापत १६ लाख रुपैयाँ पारिश्रमिक लिएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नेपाली म्युजिक भिडियोमा पनि काम गर्न थालेकी छिन् । उनले हालै मात्रै एउटा भिडियोमा काम गरेकी छिन् । उक्त गति रिलिजको तयारी भैरहेको छ । चलचित्रमा महंगो पारिश्रमिक लिएकी नायिका साम्राज्ञीले म्यूजिक भिडियोमा काम गरेवापत पनि उस्तै महंगो पारिश्रमिक लिएको बताईएको छ । उनले उक्त गीतमा काम गरेवापत ४ लाख रुपैयाँ लिएको बताईएको छ ।
यो गीतमा काम गरेपछि अब आँफूले सोचे अनुसारको गीतको लागि प्रस्ताव आएमा काम गर्ने साम्राज्ञीको भनाई छ । उनले गीत आँफूले सोचे अनुसारको भएमा काम गर्ने र पारिश्रमिक ४ देखि ५ लाख सम्म लिने बताईन् । यो पारिश्रमिक भन्दा कममा भने आँफूले काम नगर्ने उनको भनाई छ ।
