• ट्रेण्डिङ्ग :
बागमति प्रदेशसभाको बैठकमा प्रि बजेटमाथि छलफल हुने कार्य सूची

बागमति प्रदेशसभाको बैठकमा प्रि बजेटमाथि छलफल हुने कार्य सूची


  • 6.6K
    SHARES
    • जेठ १४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    बागमति प्रदेशसभाको  बैठकमा प्रि बजेटमाथि छलफल हुने कार्य सूची

    काठमाडाैं,१४ जेठ । बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गतको तेस्रो बैठक शनिबार बिहान ११ बजेको लागि आह्वान गरिएको हो । शुक्रबार देखि सुरु भएको अधिवेशनमा २ वटा बैठकहरू सञ्चालन भएका थिए । शुक्रबारको पहिलो बैठकमा दलगत रुपमा नेताहरुले संसदमा सम्बोधन गरेका थिए भने सरकार सञ्चालनको क्रममा ल्याइएको ५ वटा अध्यादेशहरू पेश गरिएको थियो ।

    images

    त्यस्तै शुक्रबारको दोस्रो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको विनियोजन विद्येयक २०७९ को सैद्धान्तिक र प्राथमिकता (प्रि बजेट) प्रस्ताव प्रस्तुत गरेका थिए । आज बस्ने प्रदेशसभाको तेस्रो बैठकमा प्रि बजेटमाथि छलफल हुने कार्य सूची रहेको छ । बैठकमा प्रि बजेटमाथि सांसदहरुले आफ्नो धारणा राख्नेछन् ।

     


    तेस्रो आँखा
    लेखकबाट थप