काठमाडौं, १७ जेठ । पछिल्लो २४ घण्टामा नेपालभर थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा तीन हजार ४७ जनाको नमुना परीक्षण गर्दा नौ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई हजार ८५ जनाको पिसिआर परीक्षण गर्दा आठ जनामा र नौ सय ६२ जनाको एन्टीजेन परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १३ जना संक्रमिते निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या ९७ रहेको छ ।
