२९८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

२९८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु


  • 5.7K
    SHARES
    • मंसिर १६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    २९८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    काठमाडौं, १६ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा २९८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ९ हजार ५११ जनामा पीसीआर परीक्षण गर्दा २९८ जनामा संक्रमण देखिएको हो । १ हजार ८९२ जनामा एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयको सार्वजनिक तथ्यांकमा उल्लेख छ । 

    images

    एन्टिजेन र पीसीआर गरी ११ हजार ४०३ परीक्षण गर्दा ३१५ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा २०१ जना संक्रमणमुक्त भएका छन् । यस्तै, २४ घण्टामा संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ८ लाख २१ हजार ९४९ जना संक्रमित भएका छन् ।

    यस्तै, ८ लाख ३ हजार ३६९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत छ । हालसम्म संक्रमणबाट ११ हजार ५३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ७ हजार ४५ रहेको छ । यस्तै, ९८ जना क्वारेन्टाइनमा छन् । २४ घण्टामा १ लाख ४१ हजार ५५७ जनाले खोप लगाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण

  • तेस्रो आँखा