बालाचतुर्दशीका दिन हलेसी तुवाचुङ नगरमा सार्वजनिक बिदा

बालाचतुर्दशीका दिन हलेसी तुवाचुङ नगरमा सार्वजनिक बिदा


  • 8.6K
    SHARES
    • मंसिर १७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.3K Views

    बालाचतुर्दशीका दिन हलेसी तुवाचुङ नगरमा सार्वजनिक बिदा
    न्युज कारखाना 

    खोटाङ, १६ मंसिर । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बालाचतुर्दशीको अवसरमा शुक्रबार त्रि-धार्मिकस्थल हलेसीमा लाग्ने मेलालाई लक्ष्य गर्दै एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

    images

    बालाचतुर्दशी मेलाको अगाडि र पछाडि गरी हप्ता दिनसम्म लाग्ने हलेसीमा नगरपालिकाका अधिकांश स्थानीय दर्शन गर्न जाने भएकाले बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिकिरण आचार्यले जानकारी दिनुभयाे ।

    हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा लाग्ने मेलालाई बृहत् बनाउन नगरपालिकाले प्रत्येक मेलाको अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।

    बालाचतुर्दर्शीको अवसरमा बिहीबारदेखि हलेसीमा ठूलो मेला सुरु भएको छ । बालाचतुर्दर्शीका दिन हलेसीमा आफ्ना दिवंगत आफन्तको सम्झनामा सतविज छर्नका लागि दर्शनार्थीको बाक्लो उपस्थिति रहने गर्छ ।

    मेला भर्न तथा दर्शन गर्नका लागि हलेसीमा जिल्लाभित्र तथा बाहिरका हजारौं दशानार्थीको घुईंचो लाग्न थालेको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

    कोभिड–१९ को महामारीपछि हलेसीमा दुई वर्षपछि मेला लाग्ने भएको हो । कोभिड सुरु भएयता हलेसीमा कुनै पनि मेला लाग्न सकेको थिएन । 

    मध्यपहाडी लोकमार्गले छोएको हलेसीमा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, इलाम, भारतका सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बतलगायतका ठाउँबाट दर्शनार्थी आउने गरेका छन् । 


    तेस्रो आँखा