कोरोना संक्रमितभन्दा निको हुनेको संख्या धेरै

कोरोना संक्रमितभन्दा निको हुनेको संख्या धेरै


  • 7.0K
    SHARES
    • मंसिर १७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    कोरोना संक्रमितभन्दा निको हुनेको संख्या धेरै

    काठमाडौं, १७ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा २२३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ६ हजार ४०० जनामा पीसीआर परीक्षण गर्दा २२३ जनामा संक्रमण देखिएको हो । एक हजार ४३६ जनामा एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । 

    images

    एन्टिजेन र पीसीआर गरी ७ हजार ३३६ परीक्षण गर्दा २४६ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा ३४७ जना संक्रमणमुक्त भएका छन् ।

    नेपालमा हालसम्म कोरोनाबाट ८ लाख २२ हजार १७२ जना संक्रमित भएका छन् । यस्तै, ८ लाख ३ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् ।

    नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत छ । हालसम्म संक्रमणबाट ११ हजार ५३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    हाल देशमा सक्रिय संक्रमितको संख्या ६ हजार ९२१ रहेको छ । यस्तै, ९८ जना क्वारेन्टाइनमा छन् । २४ घण्टामा १ लाख ७५ हजार ५६७ जनाले खोप लगाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना

  • तेस्रो आँखा