चिकित्सा शिक्षा स्नातक तहको अध्यापन सुरु

चिकित्सा शिक्षा स्नातक तहको अध्यापन सुरु


  • 6.6K
    SHARES
    • मंसिर १९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    चिकित्सा शिक्षा स्नातक तहको अध्यापन सुरु

    जुम्ला, १९ मंसिर ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आजदेखि चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएस) अध्यापन सुरु भएको छ ।

    images

    कर्णालीमा पहिलोपटक एमबीबीएसको पढाइ सुरु भएको हो । प्रतिष्ठानका एमबीबीएस कोअर्डिरनेटर डा. सुनिल बुढाथोकीले आजदेखि पढाइ सुरु भएको जानकारी दिए ।

    प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत परीक्षामा उत्तीर्ण भएका विद्यार्थीमध्ये १५ पूर्ण छात्रवृत्ति र पाँच शुल्क तिरेर अध्ययन गरिरहेको जनाएको छ । कर्णालीले एमबीबीएस कार्यक्रमका लागि २० सीट पाएको थियो ।

    प्रतिष्ठानले ३०० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ । अस्पतालमा १० शय्याको सघन उपचारकक्ष (आइसीयू) र चार शय्याको शल्यक्रिया कक्ष रहेको छ । 

    चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२  विषयगत चिकित्सक छन् । प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी), सोही तहमा नर्सिङ पनि अध्यापन पनि सुरु भएको छ । ती दुवै विषयमा  २०-२० विद्यार्थी अध्ययन गर्नेछन् ।

    एक वर्षदेखि प्रतिष्ठानमा एमडी अध्यापन भइरहेको छ । यस्तै ब्याचलर इन पब्लिक हेल्थ (बीपीएच), स्नातक तहमा सुत्केरीसम्बन्धी कक्षा पनि तीन वर्षदेखि चलिरहेको छ ।

    ती विषयमा २०-२० विद्यार्थीले अध्ययन गरिहेको जनाइएको छ । सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुरयाउने उद्देश्यले विसं २०६८ मा प्रतिष्ठानको स्थापना गरेको हो ।

  • सम्बन्धित विषय:

  • # चिकित्सा शिक्षा

  • तेस्रो आँखा