काठमाडौं, ३ साउन। पछिल्लो २४ घण्टामा नेपालभर थप तीन सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा तीन हजार तीन सय ५७ जनाको नमुना परीक्षण गर्दा तीन सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार आठ सय ५७ जनाको पिसिआर परीक्षण गर्दा दुई सय ६८ जनामा र एक हजार पाँच सय जनाको एन्टीजेन परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने ६२ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक हजार नौ सय ८२ रहेको छ ।
