काठमाडौं । असार-साउनमा रोपेको धान अहिले काट्ने बेला भयो । किसानहरु पनि खेतमा लहलह झुलेका पहेंलपुर धान काट्न, चुट्न तथा थन्क्याउनमै व्यस्त छन् । नेपालका किसान मात्र होइन अहिले त चिनियाँ किसानहरु पनि धानखेतमा निकै व्यस्त देखिन्छन् ।
चीनका विभिन्न प्रान्तका किसानहरुलाई अहिले धान भित्र्याउने चटारो छ । हुवसियन सहरको योयाङ र मियो अटोनोमस काउन्टीका किसानहरु धान भित्र्याउने चटारोमै छन् । चोङकिङको यो क्षेत्र धान उत्पादनमा प्रख्यात मानिन्छ । हेरौं चोङकिङ क्षेत्रका किसानले खेतमा पहेंलपुर भएर झुलेका धान स्याहार्दै गरेका तस्बिरहरु । यो तस्बिर हामीले सिन्ह्वाबाट लिएका हौं ।







