राष्ट्रिय सभा सदस्यमा गण्डकीबाट महिलामा कमला पन्त विजयी

राष्ट्रिय सभा सदस्यमा गण्डकीबाट महिलामा कमला पन्त विजयी


  • 10.7K
    SHARES
    • माघ १२, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 16.5K Views

    राष्ट्रिय सभा सदस्यमा गण्डकीबाट महिलामा कमला पन्त विजयी

    पोखरा, १२ माघ । राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा महिला कोटाबाट कमला पन्त विजयी भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी लिला थनेतलाई ३६० मतभारको अन्तरले पराजित गरेकी हुन् । 

    images

    पन्त गठबन्धनकी उम्मेद्वार हुन् भने थनेत एमालेबाट उम्मेद्वार बनेकी हुन् । पन्तले तीन हजार ८४ मतभार पाउँदा थनेतले दुई ७२४ मतभार पाइन् । गठबन्धनबाट सात मत क्रस भएको छ । प्रदेश सांसदमध्ये दुई जना र स्थानीय तहका पाँच जनप्रतिनिधिको मत क्रस भएको हो । एकजना सांसदले भने मतपत्र खाली छोडेका थिए ।

    पन्तले प्रदेश सांसदबाट २९ मत पाइन् भने निकटतम प्रतिस्पर्धी लिला थनेतले पनि २९ मत पाइन् । स्थानीय तहतर्फ गठबन्धनकी उम्मेद्वार पन्तले ९४ मत पाएकी छिन् भने थनेतले ७४ मत पाइन् ।