• ट्रेण्डिङ्ग :
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु


  • 2.0K
    SHARES
    • आश्विन २८, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.0K Views

    माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

    तनहुँ, २८ असोज । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

    images

    गोरखाबाट पोखरातर्फ जाँदै गरेका हवल्दार नहर्की सवार गण्डकी एए ओओ १५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको विद्युतीय माइक्रोले ठक्कर दिइ गम्भीर घाइते बनाएको थियो । घाइते नहर्कीको आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


    तेस्रो आँखा