वन व्यवस्थापनको नाउमा वन फडानी (फोटो फिचर)

वन व्यवस्थापनको नाउमा वन फडानी (फोटो फिचर)


  • 12.6K
    SHARES
    • माघ ३०, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 19.3K Views

    वन व्यवस्थापनको नाउमा वन फडानी (फोटो फिचर)

    दाङ । दाङको एउटा सामुदायिक वनमा वन व्यवस्थापनको नाउमा धमाधम वन फडानी भइरहेको छ । 

    images

    96a3f40f-2755-4538-a617-0ff8916759d0.jpg


    दंगीशरण गाउँपालिका–६ मा रहेको भवानी सामुदायिक वनमा वन व्यवस्थापन गर्ने भन्दै वन फडानी भएको हो । उक्त सामुदायिक वनमा कटान अनुमति लिएको भन्दै ठेक्कामा रुख काट्न दिइएको छ ।

    3ad64cf7-b9dc-4803-9057-d9d5bce48369.jpg

    वन कटान गर्दा स्थानीयलाई रोजगारी दिनुपर्ने भएपनि उक्त सामुदायिक वनले काठका ठेकेदारहरुलाई प्रति क्युफिट ३५ रुपैयाँका दरले शान्तिनगर गाउँपालिकाका ठेकेदारलाई रुख कटान गर्ने जिम्मा दिइको स्थानीयको भनाई छ ।

     

    c112e1f8-bb5f-4925-95ad-a90eb81add38.jpg

    उनीहरुले जथाभावी रुपमा धमाधम वन फडानी गरिरहेका छन् । स्थानीयका अनुसार ठेकेदारले सामुदायिक वनका प्रतिनिधि र वन कार्यालयका प्रतिनिधि विनै धमाधम रुख कटिरहेका छन् ।

    81182460-5277-44fb-9ae0-24f15c3251c8 (1).jpg

    सामुदायिक वनका अध्यक्ष भिमबहादुर विकले वन कार्यालयको अनुमति अनुसार वन कटान गरेको बताए ।

    2bcb2aa8-bc1d-4efe-8618-e00f6c81b869.jpg

    यस्तै वन कार्यालय दंगीशरणका रेञ्जर जयचन्द्र आचार्यले उक्त सामुदायिक वनले जिल्ला वनबाटै अनुमति लिएर कटानको काम गरिरहेको बताएका छन् । त्यसको अनुगमन गरिरहेको उनले बताए । तर स्थानीयले भने वनका प्रतिनिधि नआएको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # वन फडानी

  • तेस्रो आँखा
    लेखकबाट थप