• ट्रेण्डिङ्ग :
लामिछानेविरुद्धको मुद्दामा प्रमाण झिकाउन उच्च अदालतको आदेश

लामिछानेविरुद्धको मुद्दामा प्रमाण झिकाउन उच्च अदालतको आदेश


  • 15.3K
    SHARES
    • जेठ ५, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 23.5K Views

    लामिछानेविरुद्धको मुद्दामा प्रमाण झिकाउन उच्च अदालतको आदेश

    काठमाडौं, ४ जेठ । उच्च अदालत पोखराले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन आदेश गरेको छ ।

    images

    जिल्ला अदालत कास्कीमा पहिलोपटक दर्ता भएको अभियोजनको सबै फाइल र पछि दर्ता गरिएको पुरक अभियोजनको समेत पूरै फाइल झिकाइएको हो ।

    मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले आइतबार मिसिल झिकाउने छादेश दिनेबित्तिकै सुनुवाइ स्थगित गरिएको थियो ।

    शुक्रबार अदालतले रवि लामिछानेसहितका प्रतिवादीलाई अदालतमा पेशी रहेको जानकारी दिने पत्र पठाएको थियो । तर रविका कानुन व्यवसायीले आफूहरूलाई थाहै नदिई सुनुवाइ अघि बढाएको भन्दै आपत्ति जनाएपछि मिसिल झिकाउने आदेशसँगै सुनुवाइ स्थगित गरिएको हो । अदालत स्रोतका अनुसार अदालतले पठाएको पत्रमा रवि लामिछाने र छविलाल जोशीको हस्ताक्षर भएको थिएन ।

    अदालतले पठाएको पत्रमा प्रतिवादीको हस्ताक्षर नभएको जानकारी दिँदै रुपन्देही कारागारले अदालतलाई पत्र लेखेपछि अदालतले प्रतिवादीलाई पेशीको जानकारी किन नभएको हो भन्ने स्पष्ट खुलाई पत्र लेख्न रूपन्देही कारागारलाई आदेश दिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने

  • तेस्रो आँखा