• ट्रेण्डिङ्ग :
तिम्बुङ पोखरीस्थित क्षेत्रमा चर्दै चौरीगाई (फोटो फिचर)

तिम्बुङ पोखरीस्थित क्षेत्रमा चर्दै चौरीगाई (फोटो फिचर)


  • 4.2K
    SHARES
    • भाद्र २८, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 6.5K Views

    तिम्बुङ पोखरीस्थित क्षेत्रमा चर्दै चौरीगाई (फोटो फिचर)

    फुङलिङ, भदौ २८ गते । चौरीगाई (याक) लाई हिमाली क्षेत्रका बासिन्दाको प्रमुख आर्थिक आधार मानिन्छ । विषेशगरी याक पालन तीन हजार मिटरभन्दा माथिको क्षेत्रमा गरिन्छ।

    images

    ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१, कालीखोलास्थित तिम्बुङ पोखरी क्षेत्रमा प्रशस्त मात्रमा याक देख्न सकिन्छ । करिब चार हजार दुई सय मिटरको उचाइमा रहेको तिम्बुङ पोखरीको आसपासमा कालीखोला, सुरुमखिम र मेहेलेका कृषकहरूले याक पालन गरेका छन् । 

    पछिल्लो समय याक पालक कृषकहरू पलायनको अवस्था हुँदा सिरिजङ्घा गाउँपालिका, फक्ताङलुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका र मैवाखोला गाउँपालिकाले याक प्रवर्धनका लागि अनुदानको कार्यक्रम अघि सारेका छन्। 

    कोरोनापछि चीनसँगको नाका बन्दका कारणले गर्दा याकको मूल्यमा भने धेरै गिरावट आएको सुरुमखिमका टार्जन खुदाङ बताउनुहुन्छ । उहाँका अनुसार यसअघि नाका खुला हुँदा एक लाखदेखि एक लाख ५० हजार सम्ममा बिक्री भएको याक अहिले ६० देखि ७० हजारसम्ममा पनि बिक्री हुन सकेको छैन ।

    यदि चीनसँगको नाका खुला हुने हो भने यहाँका कृषकहरूको आर्थिक अवस्थामा धेरै सुधार आउने लिम्बूको भनाइ छ । 

     

     
     
     
     


    तेस्रो आँखा