• ट्रेण्डिङ्ग :
पशुपतिनाथमा तिजको राेनक (फोटो फिचर)

पशुपतिनाथमा तिजको राेनक (फोटो फिचर)


  • 1.7K
    SHARES
    • भाद्र २९, २०८३ सोमबार
    • ५ दिन अघि
    • 2.6K Views

    पशुपतिनाथमा तिजको राेनक (फोटो फिचर)

    काठमाडौँ, भदौ २९ गते । हरितालिका तिज पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि महिला दिदीबहिनीको चहलपहल बढेको छ । तिजको अवसरमा व्रत बसेका महिलाहरू पूजाआजा तथा दर्शनका लागि पशुपतिनाथ पुगेका छन् । 

    images

    हरितालिका तिज नेपाली महिलाहरूले विशेष उत्साह र श्रद्धाका साथ मनाउने पर्व हो । तिजका अवसरमा महिलाहरू रातो पहिरन, गरगहना र चुरा–पोतेमा सजिएर शिवालयमा पुग्ने तथा भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् ।

    तिजको मुख्य दिन निराहार व्रत बस्ने परम्परा रहेकाले त्यसको अघिल्लो साँझ माइती तथा आफन्तको घरमा भेला भएर दर खाने चलन छ । माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्पराले पारिवारिक तथा सामाजिक सम्बन्धलाई समेत थप आत्मीय बनाउने गरेको छ ।

    भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने तिज पर्व धार्मिक आस्थासँगै नेपाली महिलाको सांस्कृतिक पहिचान, आपसी भेटघाट र सामाजिक ऐक्यबद्धताको पर्वका रूपमा समेत स्थापित छ ।

    यसै अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा देखिएको तिजको उल्लास, पूजा आराधना र महिलाको सहभागिताका केही तस्बिरहरू :-


    तेस्रो आँखा