• ट्रेण्डिङ्ग :
बिहीबार बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

बिहीबार बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना


  • 2.4K
    SHARES
    • आश्विन २२, २०८३ बिहीबार
    • १ दिन अघि
    • 3.7K Views

    बिहीबार बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, असोज  । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

    images

    महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीक साथै मनसुनी वायुको प्रभाव समेत छ । 

    बिहीबार देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा, हिमपातको सम्भावना छ । 

    शुक्रबार देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । सो दिन कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

     


    तेस्रो आँखा