हनुमानढोकास्थित दसैँ घरमा जमरा राखियो (फोटो फिचर)

हनुमानढोकास्थित दसैँ घरमा जमरा राखियो (फोटो फिचर)


  • 2.3K
    SHARES
    • आश्विन २५, २०८३ आइतबार
    • २ हप्ता अघि
    • 3.5K Views

    हनुमानढोकास्थित दसैँ घरमा  जमरा राखियो (फोटो फिचर)

    काठमाडौँ, असोज २५ गते । हिन्दुहरुको महान् चाड बडा दसैँ आज (आइतबार) बाट सुरु भएको छ । यस अवसरमा  काठमाडौँको हनुमानढोकास्थित दसैँ घरमा विधिवत् रुपमा जमरा राखिएको छ । आज बिहान ११:४७ मिनेटको शुभसाइतमा दसैँ घरमा जमरा राखिएको हो ।

    images

    सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मङ्गल धून बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ । दसैँको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । आइतबार बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा जमरा छर्ने गरिन्छ ।

    घटस्थापना गर्दा पूजाकोठा वा दसैँ घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ ।


     
     


    तेस्रो आँखा