बुढीगण्डकी बाढीमा सम्पर्कविहीन पाँच जनाको पहिचान खुल्यो

बुढीगण्डकी बाढीमा सम्पर्कविहीन पाँच जनाको पहिचान खुल्यो


  • 1.6K
    SHARES
    • आश्विन २५, २०८३ आइतबार
    • ३ हप्ता अघि
    • 2.4K Views

    बुढीगण्डकी बाढीमा सम्पर्कविहीन पाँच जनाको पहिचान खुल्यो

    गोरखा, असोज २५ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – ६ अन्तर्गत सिरिङ्गे हिमालको फेदी उइनगुलुङस्थित भेडीगोठमा सम्पर्कविहीन भएका पाँच जनाको पहिचान खुलेको छ । 

    images

    सम्पर्कविहीन हुनेमा चुमनुब्री गाउँपालिका – ६ चुम्चेत निवासी ६५ वर्षीय सोनाम लामा, उहाँकी धर्मपत्नी ५९ वर्षीय मोम्मो अजि लामा, ६६ वर्षीय सोम भुट्ठी लामा, ६८ वर्षीय कर्मा लामा र ४१ वर्षीय तेन दोर्जे लामा रहेको खुलेको हो ।

    उहाँहरु उइनगुलुङस्थित भेडीगोठमा बस्दै आउनुभएको थियो । सम्पर्कविहीन भएका पाँच जना स्थानीय बासिन्दा रहेको खुलेपनि उहाँहरु कहिलेदेखि सम्पर्कविहीन भएका हुन् भन्नेबारे विस्तृत विवरण प्राप्त हुन नसकेको  जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

    उहाँहरु हाल कहाँ र कस्तो अवस्थामा छन् भन्ने विषयमा समेत थप जानकारी आउन बाँकी छ । उहाँहरुको अवस्था पत्ता लगाउन सम्बन्धित निकाय तथा स्थानीयवासीको सहकार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सयुक्त टोलीले खोजी कार्य गरिरहेको छ ।  

    सम्पर्कविहीन पाँच जनाको खोजी तथा अवस्थाबारे यथार्थ जानकारी प्राप्त गर्न सम्बन्धित निकायबाट आवश्यक पहल गर्नुपर्ने देखिएको उहाँ बताउनुहुन्छ । उहाँहरुबारे कुनै जानकारी प्राप्त भएमा सम्बन्धित परिवार वा स्थानीय प्रशासनलाई खबर गरी खोजी कार्यमा सहयोग गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले  आग्रह गरेको छ । 

     


    तेस्रो आँखा