काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सोमबार राष्ट्रिय सभागृहमा नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
स्वतन्त्र रुपमा चुनाव लडेर मेयर पद जितेका बालेन्द्र साह (बालेन) ले मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडबाट शपथ ग्रहण गरे । बालेनले शपथ ग्रहण गरिसकेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराए । त्यसपछि मेयर साहले वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए । पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रममा आम नागरिकको उल्लेख्य सहमागिता रहेको थियो ।









पदम भुजेल
