• ट्रेण्डिङ्ग :
‘गण्डकी रत्न सम्मान’ महावीर पुनलाई

‘गण्डकी रत्न सम्मान’ महावीर पुनलाई


  • 7.3K
    SHARES
    • आषाढ २७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    ‘गण्डकी रत्न सम्मान’ महावीर पुनलाई

    गण्डकी, २७ असार। गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न सम्मान’ महावीर पुनलाई प्रदान गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज पोखरामा आयोजित एक कार्यक्रममा पुनलाई उक्त सम्मान गरेका हुन् । प्रदेश सरकारको चार वर्ष पूरा भएको अवसरमा पुनलाई सम्मान गर्ने घोषणा गत फागुन ४ मा गरिएको थियो । 

    images

    कार्यक्रममा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्वपूर्ण योगदान पु¥याउनुभएको बताउँदै प्रशंसा गरे । शिक्षण पेसामा आवद्ध हुँदा २०२८ सालतिर पुनसँग चितवनमा भेट भएको स्मरण गर्दै प्रदेश प्रमुख गुरुङले निरन्तरको लगावले पुन यो स्थानमा पुगेको बताए । प्रदेश सरकारले निकै राम्रो कामको थालनी गरेको भन्दै आगामी वर्षमासमेत यसले निरन्तरता पाउने उनले विश्वास व्यक्त गरे । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेको कदमको सम्मान गर्दै पुनलाई गण्डकी रत्न प्रदान गरिएको बताए ।

    राष्ट्रिय अनुसन्धान केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षमा गण्डकी सरकारले रु १० करोड विनियोजन गरेको उनले जानकारी गराए । समृद्धिका लागि अनुसन्धानको विशेष महत्व रहेको उल्लेख गर्दै उनले छिट्टै कार्यविधि बनाएर कार्यक्रम सञ्चालन गरिने बताए । सभामुख नेत्रनाथ अधिकारीले महावीर पुनको सम्मानले गण्डकी प्रदेशको शिर अझै उँचो भएको बताए ।

     

  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश

  • तेस्रो आँखा
    लेखकबाट थप