अनेरास्ववियू र युवासंघको प्रदर्शनले मुख्यमन्त्री पोखरेल प्रदेशसभामा सम्बोधन गर्न जान पाएनन्

अनेरास्ववियू र युवासंघको प्रदर्शनले मुख्यमन्त्री पोखरेल प्रदेशसभामा सम्बोधन गर्न जान पाएनन्


  • 7.8K
    SHARES
    • आषाढ २८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    अनेरास्ववियू र युवासंघको प्रदर्शनले मुख्यमन्त्री पोखरेल प्रदेशसभामा सम्बोधन गर्न जान पाएनन्

    पाेखरा, २८ असार। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग गर्दै एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) र युवासंघ नेपाल गण्डकी प्रदेशले आन्दोलन जारी राखेको छ ।

    images

    मंगलबार हुने प्रदेशसभा बैठकलाई सम्बोधन गर्न जान लागेका मुख्यमन्त्री पोखरेललाई प्रदेशसभा गेटअघि नदीपुरस्थित बाटो रोकेपछि मुख्यमन्त्री कार्यालयमा नै रहेको उनका प्रेस संयोजक भरतप्रसाद कोइरालाले बताए ।११ बजेदेखि सुरु हुने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको थियो ।

    आन्दोलनका कारण मुख्यमन्त्री कार्यालयबाट निस्किएका छैनन् । बाबु–आमाको नाम खोलिएको ट्रस्टमा बजेट छुट्याएको विषयलाई लिएर अनेरास्ववियूले र युवासंघले आन्दोलन गरेको हो । सोमबारदेखि मुख्यमन्त्री र शिक्षामन्त्री मेखलाल श्रेष्ठको अनुहारमा मुकुण्डो लगाएर १ दान रुपैयाँ संकलन अभियान पनि चलाएको छ । उक्त अभियानमा संकलित रकम प्रदेश सरकारको खातामा जम्मा गरिने अनेरास्ववियूका प्रदेश सचिव आरके पोखरेलले बताए ।

  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश

  • तेस्रो आँखा
    लेखकबाट थप