बालेन र ट्राफिक प्रहरीको साहसिक कदम, यसरी भत्काइए अवैध संरचना (फाेटाेफिचर)

बालेन र ट्राफिक प्रहरीको साहसिक कदम, यसरी भत्काइए अवैध संरचना (फाेटाेफिचर)


  • 8.8K
    SHARES
    • भाद्र ८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    बालेन र ट्राफिक प्रहरीको साहसिक कदम, यसरी भत्काइए अवैध संरचना (फाेटाेफिचर)

    काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रमा रहेका अवैध संरचना हटाउन महानगरपालिका कडारुपमा प्रस्तुत भएको छ । आफ्नो क्षेत्रभित्रका घर तथा भवनका भूमिगत पार्किङमा बनेका नक्साविपरितका संरचनाहरू महानगरपालिकाले भत्काउन थालेको हो । महानगरपालिका प्रमुख बालेन्द्र शाहको उपस्थितिमा सोमवार मात्रै बानेश्वर क्षेत्रका केही अबैध संरचना भत्काइएका थिए । 

    images

    बुधबार फेरि मेयर बालेनकै उपस्थितिमा खीचा पोखरीको आरबी कम्प्लेक्स परिसर, सुनधाराको काठमाडौं मल परिसरलगायत ठाउँका अस्थायी संरचना भत्काइएका छन् । काठमाडौंका विभिन्न ठाउँका अवैध संरचना खाली गर्न महानगरपालिकाले पहिले ३५ दिने सूचना सार्वजनिक गर्ने गर्छ । अटेर गर्नेका अबैध संरचना आफैं डोजर लगाएर भत्काउने गरेको छ  ।   

    301162757_3169536196594437_8250136755283800677_n.jpg

    अबैध संरचना भत्काउने काममा उपत्यका ट्राफिक प्रहरी कार्यालय पनि लागि परेको छ । महानगरपालिकाका पदाधिकारीहरुका अनुसार बनाउँदा पार्किङ वा गोदामका लागि भनेर बेसमेन्टको नक्सा स्वीकृत गराएका तर त्यसैमा सटर हालेर पसलका लागि भाडामा दिइएका संरचना भत्काउन थालिएको हो ।

    महानगरले एकाएक भत्काउने काम थालेको भने होइन । महानगरपालिकाका कर्मचारीका अनुसार ३५ दिनअघि नै सूचना निकालेर चेतावनी दिइएको थियो । अटेर गरेकाले मेयर शाहकै अगुवाइमा भत्काउने कार्य थालिएको हो । महानगरपालिकाले गत साउन २ गते एउटा सूचना प्रकाशित गर्दै उक्त चेतावनी दिएको थियो । 

    महानगरपालिकाको सूचनामा भनिएको थियो, ‘नक्सा स्वीकृत बमोजिम प्रयोग नगरी अन्य प्रयोजनमा प्रयोग गरेको देखिएको हुँदा यो सूचना प्रकाशित गरिएको मितिबाट ३५ दिनभित्रै कामपाबाट नक्सा स्वीकृत गरिएअनुसार नै बेसमेन्ट, सेमिबेसमेन्ट, जमिन तलामा स्टोर र गाडी पार्किङहरू प्रयोगमा ल्याउन सम्बन्धित घरधनी सबैलाई जानकारी गराइन्छ ।’ सूचनामा त्यस्ता संरचना बनाएकाहरूलाई महानगरबाट दिइने सेवाबाट वञ्चित गरिने चेतावनी पनि दिएको थियो । 

    301061030_1422771158231021_4250270847478712861_n.jpg

    काठमाडौं महानगरपालिकाले ‘काठमाडौँ उपत्यका भित्रका नगरपालिका र नगरोन्मुख गाविसहरूमा गरिने निर्माणसम्बन्धी मापदण्ड २०६४’ अनुसार घर तथा भवन बनाउँदा बेसमेन्टको स्वीकृति दिने गरेको छ । उपत्यकाभित्र पनि विभिन्न वर्गका ठाउँअनुसार मापदण्डहरू फरक–फरक छन । तर अन्डरग्राउन्ड वा बेसमेन्टसम्बन्धी व्यवस्थाहरू अधिकांश क्षेत्रका लागि समानखाले रहेका छन् । मापदण्डमा ‘परिभाषा र सामान्य व्यवस्था’ लाई त्यसमा समेटिएको छ । यद्यपि जहाँ पनि र जसले पनि भूमिगत तला निर्माण गर्न भने पाउने छैनन् ।

    300717070_488136646484152_8737311991965504433_n.jpg

    300434660_795685374796279_2463875969017566040_n.jpg

    300385501_631975954882913_1497279941655694562_n.jpg

    300827090_1005158660166659_4134574429575337575_n.jpg

    301140786_1108460826542987_6458739737234388535_n.jpg

    300702772_602880914580567_6143973858210151813_n.jpg

  • सम्बन्धित विषय:

  • # काठमाडाैं महानगरपालिका

  • तेस्रो आँखा
    लेखकबाट थप