आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रेष्ठ पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रेष्ठ पक्राउ


  • 3.8K
    SHARES
    • कार्तिक २३, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 5.9K Views

    आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रेष्ठ पक्राउ

    तनहुँ, २३ कात्तिक । आफ्नै श्रीमती ३९ वर्षीया प्रतिक्षा श्रेष्ठको हत्या गरेको अभियोगमा भानु नगरपालिका–८ गैरीफाँट बस्ने ४२ वर्षीय ओम नारायण श्रेष्ठलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

    images

    ओम नारायणले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा प्रतिक्षा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी प्रतिक्षाको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।


    तेस्रो आँखा