काठमाडौं, १७ माघ । काठमाडौंको टुँडीखेलमा सोनाम ल्होसारको अवसरमा देखिएका रौनक तस्बिरहरु । सैनिक टुँडीखेलमा तामाङ जातिको पहिचान झल्किने विविध भेषभुषा, सामग्रीहरुसहित सहभागी भएकाहरुले गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरेका छन् ।
सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ ।
